Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

श्रीकृष्णको वृन्दावन आगमनको सम्झना: इस्कोनको रथयात्रा राजधानीमा

श्रीकृष्णको वृन्दावन आगमनको सम्झना: इस्कोनको रथयात्रा राजधानीमा

  • काठमाडौं।अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) ले आज राजधानीमा जगन्नाथ रथयात्रा महोत्सव आयोजना गर्दैछ। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा विशेष समारोहसहित सुरु हुने यो धार्मिक उत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् जगन्नाथको पूजा र आरती गरी गर्ने कार्यक्रम रहेको छ।

    हरेक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन आयोजना गरिने यस रथयात्राको ऐतिहासिक सन्दर्भ द्वापर युगसम्म पुग्छ, जब गोपिनीहरूले श्रीकृष्णलाई द्वारकाबाट वृन्दावन ल्याएको सम्झनामा यात्रा गरिन्छ। नेपालमा सन् १९७७ देखि सुरु भएको यो परम्परा अहिले १६५ देशमा फैलिएको इस्कोनका केन्द्रीय सचिव रुपेश्वर गौरवदासले जानकारी दिएका छन्।

    यस वर्षको रथयात्रा कमलादीबाट सुरु भई पुतलीसडक, भृकुटीमण्डप, शहीदगेट, नेपाल वायुसेवा निगम, न्यूरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरिनेछ। टुँडिखेलमा अन्तिम कार्यक्रम सम्पन्न भएपछि श्रद्धालुहरूलाई प्रसाद वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij