Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

बैंकहरूको आधार दर घट्दै, तर कर्जा प्रवाह अझै सुस्त

बैंकहरूको आधार दर घट्दै, तर कर्जा प्रवाह अझै सुस्त

  • काठमाडौं। पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको औसत आधार दर २.०४ प्रतिशत विन्दुले घटेको छ। यसले ग्राहकहरूले बैंकबाट कर्जा लिने ब्याजदरमा पनि कमी आएको छ। तरलता बढे पनि कर्जा माग अपेक्षाकृत कम रहँदा बैंकहरूमा लगानीयोग्य रकम धेरै थुप्रिएको छ।

    नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म कर्जा प्रवाह ८.२३ प्रतिशतले बढेर ४९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। तर यो वृद्धिदर अपेक्षितभन्दा कम रहेको बताइएको छ। सो अवधिमा निक्षेप संकलन ८.७५ प्रतिशतले बढेर ६२ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।

    अधिक तरलताका कारण बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाउँदै आएका छन्। यसले स्रोतको लागत र आधार दरमा पनि गिरावट आएको छ। बैंकहरूको औसत आधार दर यस वर्ष असारमा ६.१८ प्रतिशत कायम छ, जुन गत वर्षको असारको ८.२२ प्रतिशतभन्दा कम हो।

    सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको ४.९० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.९७ प्रतिशत रहेको छ भने सबैभन्दा बढी एनआईसी एशिया बैंकको ७.२३ प्रतिशत छ।

    रेमिट्यान्समा वृद्धि र निक्षेप संकलनको वृद्धिले तरलता बढाए पनि कर्जा माग विस्तार हुन सकेको छैन। साथै, खराब कर्जा पनि बढेको अवस्थामा बैंकहरूको कर्जा प्रवाह अझै सुस्त रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij