Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३०.०९ अंकले बढेर २६२५.८४ विन्दुमा,७ अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३०.०९ अंकले बढेर २६२५.८४ विन्दुमा,७ अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  • काठमाडौँ । आज साताको पहिलो दिन शेयर बजारमा ३०.०९ अंकको  वृद्धि भई नेप्से परिसूचक २६२५.८४ बिन्दुमा उक्लिएको छ । आइतबार १ करोड ६६ लाख ४३ हजार १सय १४ कित्ता शेयरको कारोबार भई कुल कारोबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार १सय १४ रुपैया १८ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    यस दिन ३ सय २८ कम्पनीको १ करोड ६६ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा साहास ऊर्जा अग्रस्थानमा रहेको छ । यसको ५७ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij