Logo

Jun 30 2025 | २०८२, असार १६गते

Jun 30 2025 | २०८२, असार १६गते

images

कांग्रेस जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप

कांग्रेस जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप

  • काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोला प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

    सभापति देउवाले विमला नेपाली (दाङ), दीपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौँ), रामेश्वर पौडेल(भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले(स्याङ्जा), रामप्रसाद ढकाल(धादिङ), छिरिङ लामा(मुगु) र निशा पाण्डे (काठमाडौँ)लाई मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij