Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

कुलिङ पिरियडको व्यवस्थासहित संघीय निजामती सेवा विधेयकपारित

कुलिङ पिरियडको व्यवस्थासहित संघीय निजामती सेवा विधेयकपारित

  • काठमाडौं । प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयकपारित भएको छ । आइतबार बसेको सभाको बैठकले घीय निजामती सेवा विधेयक पारित गरेको हो ।विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए । यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ ।

    निजामती कर्मचारीले अवकाशको दुई वर्षसम्म राजनीतिक नियुक्त लिन नपाउने कुलिङ पिरियडको व्यवस्थासहित विधेयक बहुमतले पारित भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले बहिष्कार गरेको बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल विधेयकको विपक्षमा उभिएका थिए । 

     मुख्यसचिव एकनारायण अर्याल र सचिवहरुले कुलिङ पिरियडको व्यवस्था हटाउन सक्दो बल गरेका थिए। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कुलिङ पिरियडले हटाउन लगाउन आग्रह गरेका थिए । उनीहरुको प्रभावमा परेर प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा पुगिसकेको विधेयक केही दिन होल्ड गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij