Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गर्‍यो

बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गर्‍यो

  •  

    काठमाडौं – बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड  ले कम्पनीलाई २०८२ साल असार १५ गते आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।

    बोर्डको स्वीकृति अनुसार कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यका २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य रु २९ करोड ५ लाख पुग्छ। यो शेयर कम्पनीको जारी पूँजीको ३५ प्रतिशत हो, जसपछि कम्पनीको चुक्तापूँजी रु ८३ करोड पुग्नेछ।

    हाल कम्पनीको कुल पूँजी रु ५३ करोड ९५ लाख रहेको छ, जसमा संस्थापकको स्वामित्व ६५ प्रतिशत रहेको छ। आईपीओ निष्कासनपछि सर्वसाधारणको स्वामित्व ३५ प्रतिशत हुनेछ।

    बुङ्गल हाइड्रो लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा अवस्थित १०।७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गरिसकेको छ। यो आयोजना २०८० साल भदौ २ गतेदेखि व्यापारिक उत्पादनमा प्रवेश गरिसकेको छ।

    आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। यो आईपीओले बुङ्गल हाइड्रोलाई थप वित्तीय सशक्तता प्रदान गर्ने विश्वास गरिएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij