Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर निष्कासन सुरु

तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर निष्कासन सुरु

  •  

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ, जसअनुसार हालको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर प्रदान गरिनेछ। कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्कासन गर्दैछ, जसको कुल रकम रु ४० करोड हुनेछ।

    यो हकप्रद निष्कासनका लागि कम्पनीले २०८२ जेठ ५ गते बुकक्लोज गरेको थियो। तसर्थ, जेठ ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीले हकप्रद निष्कासनबाट उठेको पूँजीलाई बैंक तथा वित्तीय संस्थासँग रहेको कर्जा भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ। हाल त्एऋ मा माछापुच्छ्रे बैंक, नबिल बैंक, र ग्लोबल आइएमई बैंकबाट लिएको करिब ९२ करोड ६१ लाख रुपैयाँ ऋण रहेको छ। संकलित पूँजीमध्ये क्रमशः १६ करोड, १२ करोड र १२ करोड रुपैयाँ ती बैंकहरूमा भुक्तानी गरिनेछ।

    यस हकप्रद निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई  प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

    शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ। शेयरधनीहरूले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप, संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिन्छ।

    यो हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ, जसले कम्पनीको वित्तीय आधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij