
काठमाडौँ । असोज दोस्रो सातासम्मका लागि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द गरिएको छ । निकुञ्जले वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएको जनाउँदै सोमबारदेखि जिप सफारी बन्द गरेको जनाएको हो।निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको दोस्रो सातासम्मका लागि निकुञ्जमा जिप सफारी बन्द गरिएको छ ।
वर्षाको समय जङ्गली जनावरका लागि प्रजननको समय मानिन्छ। यस समयमा मानिसहरू निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको बासस्थान तथा प्रजनन प्रक्रियमा आघात पुग्ने भएकाले जिप सफारी बन्द गरिएको छ ।निकुञ्ज प्रशासनले बर्सेनि बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ। निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौवटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गरेका छन् ।निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा भने जिप सफारी नियमित सञ्चालन हुने जनाइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij