Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिक टन मल बिक्री वितरण

कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिक टन मल बिक्री वितरण

  • भद्रपुर (झापा) ।कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ । शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार छ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार पाँच सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो । उहाँका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ । शाखा कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा युरिया १२ हजार १७ दशमलव ३५ मेट्रिक टन, डिएपी सात हजार पाँच सय ३८ दशमलव ५५ मेट्रिक टन, पोटास सात सय ८७ दशमलव ३५ मेट्रिक टन र चुन एक सय पाँच दशमलव ९५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।

    शाखाका प्रमुख राजबंशीका अनुसार युरीया प्रतिबोरा आठ सय आठ रुपयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार दुई सय ५८ रुपयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार छ सय ५८ रुपयाँ ५० पैसा र चुन प्रतिबोरा रु दुई सय १५ मा बिक्री वितरण भइरहेको छ । हाल युरीया एक हजार एक सय मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजबंशीले बताउनुभयो । शाखा कार्यालयले यस वर्ष २१ मेट्रिक टन विभिन्न पाँच प्रजातीका धानको बीउ विक्री गरेको प्रमुख राजबंशीले जानकारी दिनुभयो । उहाँका अनुसार राधा १२, बहुगुणी २, हल्दीनाथ ६, स्वर्णसफ र रामधान जातको धानको बीउ वितरण गरिएको हो । –

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij