Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

प्रधानमन्त्री ओली दोहा प्रस्थान

प्रधानमन्त्री ओली दोहा प्रस्थान

  • मेड्रिड (स्पेन)। स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गर्नुभएको हो ।

    प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उहाँलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गर्नुभयो । स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको हो । गत असार १४ गते स्पेन आउनुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij