Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह

  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसको आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्न लागिएको हो। कार्यालयले ती कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेश गर्न पहिले नै आग्रह गरेको थियो। तर, सो समयसीमा भित्र कुनै जवाफ नआएपछि अब पुनः ७ दिनभित्र कारण खुलाउँदै स्पष्टीकरण दिन अन्तिम आग्रह गरिएको छ।

    कार्यालयले स्पष्ट रूपमा चेतावनी दिएको छ— यदि यो अन्तिम अवधिमा पनि सम्बन्धित कम्पनीहरूले चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेमा, हालको सूचना नै आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ। सार्वजनिक निर्माण तथा ठेक्का प्रणालीको विश्वसनीयता र पारदर्शिता कायम राख्न यस्तो कदम चालिएको जनाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij