Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

नेपालमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्र, ३१ जिल्लामा फैलियो

नेपालमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्र, ३१ जिल्लामा फैलियो

  • काठमाडौं। नेपालमा कोभिड–१९ सङ्क्रमण पुनः फैलिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०८१ पुस १७ देखि २०८२ असार १९ गतेसम्म देशभर ३१ जिल्लामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा कुल २४९ जनामा संक्रमण देखिएको छ भने पछिल्लो एक सातामा ३५ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ३ नयाँ संक्रमित पुष्टि भएका छन्। यस्तै, कोभिड–१९ का कारण हालसम्म एक जनाको ज्यान गइसकेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमा क्षेत्रहरूमा निगरानी कडा बनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभर १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कहरूलाई थप सक्रिय बनाइएको छ। “सबै नाकामा आरडिटी परीक्षणमार्फत निगरानी बढाइएको छ,” डा. बुढाथोकीले बताए।

    कोभिड–१९ मात्र होइन, अन्य श्वास–प्रश्वासका माध्यमबाट सर्ने सङ्क्रामक रोगहरूबाट जोगिनका लागि मन्त्रालयले जनतालाई सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र लक्षण देखिएमा सेल्फ–क्वारिन्टाइन वा आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

    सरकारले संक्रमण नियन्त्रणका लागि निगरानी र परीक्षणलाई प्राथमिकता दिँदै जनसहभागिता र व्यक्तिगत सतर्कता अत्यन्त जरुरी रहेको चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij