Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

शनिबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

  • काठमाडौं। आज शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागहरूमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

    त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा वा हिमपातको सम्भावना छ।

    महाशाखाले सम्भावित भारी वर्षाको कारण पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij