Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

राज्यमन्त्री अरुणकुमार चौधरीको राजीनामा आज, नाउपा संघ र प्रदेश दुवैतिर प्रतिपक्षमा

राज्यमन्त्री अरुणकुमार चौधरीको राजीनामा आज, नाउपा संघ र प्रदेश दुवैतिर प्रतिपक्षमा

  • काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी आज (शनिबार) राजीनामा दिन लागेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि पार्टीले संघीय तथा प्रादेशिक सरकारबाट समर्थन फिर्ता लिई प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ।

    राज्यमन्त्री चौधरीको राजीनामा आजै पार्टीको बैठकपछि हुने बताइएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका अनुसार, "भोलि पार्टीको बैठक छ। बैठकले निर्णय गर्छ, लगत्तै उहाँले प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा दिनुहुन्छ।"

    यससँगै नाउपाले शुक्रबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि शनिबार (आज) नै फिर्ता लिने तयारीमा छ।

    नाउपाको पछिल्लो राजनीतिक निर्णयले संघीय गठबन्धन सरकारमा समेत असर पार्ने संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij