
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४२ दिने भाखामा बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप आइतबार उठाउन लागेको छ । राष्ट्र बैंकले असार २२ गते ४५ अर्ब रुपैयाँ उठाउन सूचना जारी गरी बोलकबोलकर्तालाई आह्वान गरेको हो ।
राष्ट्र बैंकले ४२ दिन अवधिका लागि उठाउन लागेको ४५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ १ गते फिर्ता पाउने गरी योजनामा बोबकबोल गर्न पाउने जाएको छ ।
क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।
बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij