Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

ग्लोबल आइएमई समुन्नत योजना : आजदेखि इकाई बिक्री खुला, न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने

ग्लोबल आइएमई समुन्नत योजना : आजदेखि इकाई बिक्री खुला, न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने

  • काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज ९असार २२ गते० बाट “ग्लोबल आइएमई समुन्नत योजना” अन्तर्गतको इकाई बिक्री खुला गरेको छ। योजनाअनुसार सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो इकाई प्रदान गरिँदैछ।

    कुल १२ करोड इकाईमध्ये १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १ करोड ६२ लाख इकाई कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंक लिमिटेडलाई छुट्याइएको छ। बाँकी १० करोड २ लाख इकाई भने सार्वजनिक निष्कासनका लागि खुला गरिएको हो।

    लगानीकर्ताले यो योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्मको आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद छिटोमा असार २५ गतेसम्म रहनेछ। यदि उक्त अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन अवधि साउन ४ गतेसम्म लम्ब्याइनेछ।

    सर्बसाधारणले सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा “मेरो सेयर” पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij