Logo

Aug 25 2025 | २०८२, भदौ ९गते

Aug 25 2025 | २०८२, भदौ ९गते

images

पिपुल्स पावरको ५०% हकप्रद सेयरमा आजदेखि आवेदन खुला, साउन ११ गतेसम्म आवेदन दिन सकिने

पिपुल्स पावरको ५०% हकप्रद सेयरमा आजदेखि आवेदन खुला, साउन ११ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज ९असार २२ गते० देखि आफ्नो ५० प्रतिशत हकप्रद सेयरमा आवेदन खुला गरेको छ। कम्पनीले १ः०.५ अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यो सेयर निष्कासनबाट कम्पनीले करिब ३१ करोड ६३ लाख रुपैयाँ संकलन गर्नेछ।

    कम्पनीले यसअघि असार २ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार असार १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम म्याद साउन ११ गतेसम्म तोकिएको छ।

    यस हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले प्रभु क्यापिटलको कार्यालय, प्रभु बैंकका इलाम, जाउलाखेल ९ललितपुर०, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र “मेरो सेयर” प्रणालीमार्फत अनलाइन आवेदन पनि गर्न सकिनेछ।

    हाल पिपुल्स पावरको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ, जसले हकप्रद सेयरपछि बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij