Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

फ्रान्सका राष्ट्रपति म्याक्रोँ मङ्गलबार बेलायत जाँदै, स्टार्मरको नजर इयूसँग नयाँ सम्बन्ध स्थापनातर्फ

फ्रान्सका राष्ट्रपति म्याक्रोँ मङ्गलबार बेलायत जाँदै, स्टार्मरको नजर इयूसँग नयाँ सम्बन्ध स्थापनातर्फ

  • पेरिस ।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार देखि बेलायतको राजकीय भ्रमण सुरु गर्नुहुनेभएको छ । उहाँले बेलायती संसदलाई सम्बोधन गर्ने र युक्रेनसम्बन्धी बैठकको सह–अध्यक्षता गर्ने कार्यक्र रहेको छ । 

    फ्रान्सका राजा चाल्र्स तृतीयले फ्रान्सेली नेता म्याक्रोँ तथा उहाँकी पत्नी ब्रिगिटलाई तीन दिने औपचारिक भ्रमणका लागि निमन्त्रणा गर्नुभएको हो । 

    म्याक्रोँले बिहीबार ३७औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनमा प्रधानमन्त्री केइर स्टार्मरसँग छलफल गर्नुहुनेछ । 

    वार्ता युक्रेनलाई सहयोग, च्यानल पार गर्ने अवैध आप्रवासन रोक्न संयुक्त प्रयास र दुई देशबीच रक्षा सहयोगलाई मजबुत बनाउने विषयमा केन्द्रित हुने बताइएको छ ।

    सन् २०१६ मा इयूबाट बाहिरिने बेलायतको पक्षमा भएको मतदानलाई सङ्केत गर्दै एलिसी प्यालेसले शुक्रबार भनेको छ, “ब्रेक्जिटपछि युरोपेली इयूको शक्तिशाली राष्ट्र फ्रान्सका राष्ट्रप्रमुखको यो पहिलो राजकीय भ्रमण हो ।

    विज्ञप्तिमा भनिएको छ, “विशेष गरी, प्रधानमन्त्री स्टार्मरले संयुक्त अधिराज्य र युरोपबीचको सम्बन्धको ‘पुनः स्थापना’ को सङ्केत गरेपछि बे्रक्जिटपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो ।” 

    अघिल्लो दक्षिणपन्थी बेलायती सरकार ९कन्जरभेटिभ पार्टी० को पालामा ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको पालामा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुवै देशले युक्रेनका लागि शान्ति स्थापनाका लागि युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।
     
    बकिङ्घम प्यालेसले शुक्रबार म्याक्रोंले आफ्ना पूर्ववर्तीचाल्र्स डी गौल र फ्रान्कोइस मिटर्रान्डको पदचाप पछ्याउँदै मङ्गलबार बेलायती संसद्लाई औपचारिक रूपमा सम्बोधन गर्ने जनाएको छ ।

    म्याक्रोँ र उहाँकी पत्नी ब्रिगिट लण्डनको पश्चिममा रहेको विन्डसर क्यासलस्थित बेलायती राजा चाल्र्सको निवासमा हुने रात्रिभोजमा सरिक हुनुहुनेछ । 

    विन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवंगत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ ।

    भ्रमणका क्रममा म्याक्रोँ र स्टार्मरले बिहीबार लण्डनमा ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको आयोजना गर्नेछन्, जहाँ उनीहरूले युक्रेनमा रूसको पूर्ण आक्रमणको प्रतिक्रियामा दुई देशबीच रक्षा सम्बन्धलाई मजबुत बनाउने अवसरहरूको बारेमा छलफल गर्नेछन् ।
     
    म्याक्रोँ र स्टार्मरले मस्कोविरुद्ध किएभको प्रतिरक्षालाई बलियो बनाउन ‘इच्छुक’ देशहरूलाई एक साथ ल्याउने वार्ताको सह–अध्यक्षता गर्नेछन् ।

    दुवै नेताले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जर्मन चान्सलर फ्रेडरिक मर्ज र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग कुराकानी गर्नेछन् ।

    सन् २०२२ मा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेयता युक्रेनको सबैभन्दा ठूलो सैन्य सहयोगी संयुक्त राज्य अमेरिकाले मङ्गलबार युक्रेनमा केही प्रमुख हतियार ढुवानी रोक्न लागेको बताएको थियो ।

    रुसले शुक्रबार राति युक्रेनमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

    युद्धविरामपछि युक्रेनमा ’आश्वस्त पार्ने सेना’ तैनाथ गर्ने र बिनाशर्त युद्धविराम स्वीकार गर्न रुसमाथि कसरी ‘दबाब बढाउने’ भन्ने विषयमा छलफल हुने एलिसी प्यालेसले जनाएको छ ।
     
    कार्यसूचीको अर्को उच्च विषय भनेको आप्रवासीहरूलाई च्यानलको खतरनाक सानो डुङ्गा क्रसिङ गर्ने आप्रवासीहरूलाई रोक्ने रणनीतिमा सहमत हुनु हो, जुन बेलायतको मुख्य चासोको राजनीतिक मुद्दा हो ।

    इङ्लिस किनारामा धेरै साना डुङ्गाहरू अवतरण गर्ने र अनियमित आप्रवासनलाई नियन्त्रण गर्न बेलायती सरकार दक्षिणपन्थीहरूको बढ्दो दबाबमा पर्ने भएकोले लण्डनले पेरिसलाई अझ धेरै काम गर्न दबाब दिएको छ ।

    हालैका हप्ताहरूमा, फ्रान्सले आप्रवासी डुङ्गाहरूलाई आफ्नो गहिरो तटीय पानीमा रोक्न विचार गरिरहेको बताएको छ, यद्यपि यो कदमले सुरक्षा र कानुनी मुद्दाहरू उठाएको छ।

    शुक्रबार बेलायती सरकारले फ्रान्सेली प्रहरीले आप्रवासी बोकेको एउटा सानो डुङ्गालाई च्यानलपार गर्नबाट रोकेको फुटेजको स्वागत गरेको बताएको छ ।

    सन् २०२३ मा राजा चाल्र्सको फ्रान्सको राजकीय भ्रमणपछि हुन लागेको फ्रान्सेली राष्ट्रपतिको भ्रमणलाई व्यापक सफलताको रूपमा हेरिएको छ जसले सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्नेछ । 

    यसअघि, सन् २००८ मा फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले बेलायतको राजकीय भ्रमण गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij