Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

सन नेपाल लाइफ इन्सुरेन्सको २ लाख २४ हजार कित्ता सेयर लिलामीमा, आवेदन असार ३० गतेसम्म

सन नेपाल लाइफ इन्सुरेन्सको २ लाख २४ हजार कित्ता सेयर लिलामीमा, आवेदन असार ३० गतेसम्म

  •  

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले आज ९असार २३ गते० देखि कुल २,२४,७२८ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले संस्थापक समूहका ८०,२२२ कित्ता र सर्वसाधारण समूहका १,४६,५०६ कित्ता सेयर लिलामीमा बिक्रीमा ल्याएको हो।

    लगानीकर्ताले न्यूनतम रू। १०० को आधार मूल्यमा प्रतिस्पर्धात्मक बोलपत्रमार्फत लिलामीमा सहभागी हुन सक्नेछन्। संस्थापक समूहका लागि न्यूनतम १,००० कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम माग गरिएका सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद असार ३० गतेसम्म कायम गरिएको छ। यस लिलामीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। कम्पनीले यसअघि वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो, तर बिक्री नभएका बाँकी सेयर अहिले लिलामीमार्फत निष्कासन गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij