Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

अभियान लघुवित्तको १५ लाखभन्दा बढी सेयरको ‘लक-इन’ अवधि साउन २९ मा समाप्त, भदौ १ देखि कारोबार योग्य

अभियान लघुवित्तको १५ लाखभन्दा बढी सेयरको ‘लक-इन’ अवधि साउन २९ मा समाप्त, भदौ १ देखि कारोबार योग्य

  •  

    काठमाडौं ।  अभियान लघुवित्त वित्तीय संस्थाको कुल १५,३७,५०० कित्ता सेयरको ‘लक इन’ अवधि आगामी साउन २९ गते सकिने भएको छ। यस अवधिको अन्त्यसँगै, संस्थापक सेयरधनी र कर्मचारीहरूले होल्ड गरेका सेयर भदौ १ गतेदेखि सेयर बजारमा कारोबारका लागि योग्य हुनेछन्।

    हाल संस्थाका १५ लाख २५ हजार कित्ता सेयर संस्थापक सेयरधनीको स्वामित्वमा रहेका छन् भने १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुको नाममा रहेको छ। यी सबै सेयरहरू हालसम्म ‘लक इन’ अवस्थामा रहेकोले कारोबार गर्न मिल्दैनथ्यो।

    अभियान लघुवित्तको सेयर २०७९ साल साउन ३० गते बाँडफाँट गरिएको थियो। कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ।

    लगानीकर्ताहरूले अब भदौ १ गतेपछि संस्थापक समूहका सेयरहरू पनि बजारमा उपलब्ध हुने भएकाले त्यसले आपूर्ति र मागमा प्रभाव पार्न सक्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij