Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

चार कम्पनी कालोसूचीमा राखिए

चार कम्पनी कालोसूचीमा राखिए

  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गर्नुपर्ने काम गनुपर्नेजस्तो नगरेकाले चार कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।कार्यालयले आज सूचना जारी गरेर दिएको जानकारी अनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति भएको काठमाडौंको डीजी इगल कन्स्ट्रक्सन र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा राखिएको छ ।

    यी चारवटै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । काम सन्तोषजनक नभएका कारण कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउँदैन ।

    ग्रीन लिफ प्रालिलाई सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठानले र शिवम् कन्स्ट्रक्सनलाई महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।यसैगरी डीजी इगल कन्स्ट्रक्सनलाई सडक डिभिजन चन्द्रनिगाहपुर रौतहट र थोमस कन्स्ट्रक्सनलाई शहरी विकास तथा भवन कार्यालय विराटनगर मोरङ्गले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij