
काठमाडौँ । आन्दोलनको क्रममा काठमाडौंको न्यूरोडमा सुनचाँदी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा घोषणा गरे अनुसार आन्दोलनको कार्यक्रम अन्तर्गत उक्त प्रदर्शन गरेका हुन् । आन्दोलनको पूर्वनिर्धारित तालिका अनुसार उनीहरुले आज असार २३ गते पनि एक घण्टा प्रदर्शन गरेका हुन् ।
उनीहरुले २४ गते उपत्यकाका जिल्ला/नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठी आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् । यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij