Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, १ अर्ब ४५ करोड बराबरको सेयर बिक्री हुँदै

हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, १ अर्ब ४५ करोड बराबरको सेयर बिक्री हुँदै

  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट एफपीओ  निष्कासन गर्न अनुमति पाएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्नेछ।

    यो एफपीओबाट बैंकले करिब १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य लिएको छ। एफपीओ निष्कासनको प्रमुख उद्देश्य संस्थापक र सर्वसाधारण सेयरधनीबीचको सेयर स्वामित्व अनुपात ७०:३० कायम गर्नु हो।

    एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ। बैंकले निकट भविष्यमा एफपीओ सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij