Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गर्नुभएको छ । 

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको हो । 

    संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उहाँहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्नुभएको  विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij