Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

एघार महिनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १५ अर्ब ६५ करोड

एघार महिनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १५ अर्ब ६५ करोड

  • काठमाडौँ । एघार महिनाको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १५ अर्ब ६५ करोड पुगेको छ । चालु आवको जेष्ठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति शीर्षकमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो जनाइएको हो ।
    सो प्रतिवेदन अनुसार  विप्रेषण आप्रवाह नेपाली रुपैयामा १५.५ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा यो वृद्धि  १२.७ प्रतिशतले बढेको छ । २०८२ साल जेष्ठ महिनाको विप्रेषण आप्रवाह १७६ अर्ब ३२ करोड रहेको छ ।सोही अवधिमा नेपाल सरकारको खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड रहेको छ ।सोही अवधिमा राजस्व परिचालन  १० खर्ब १६ अर्ब ९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।उपभोक्ता मूल्य सूचकांकको आधारमा मुद्रास्फीति २.७२ प्रतिशत रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij