Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो, ११ महिनामा २५.९% वृद्धि

नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो, ११ महिनामा २५.९% वृद्धि

  •  


    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय तथ्यांक अनुसार, देशको विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघेर ऐतिहासिक उचाइमा पुगेको छ। २०८२ सालको जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँको तुलनामा २५.९ प्रतिशतले वृद्धि भएको हो।

    यही अवधिमा अमेरिकी डलरमा सञ्चिति १५ अर्ब २७ करोडबाट बढेर १८ अर्ब ६५ करोड पुगेको छ, जसमा २२.२ प्रतिशत वृद्धि देखिएको छ। कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ। त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरूमा सञ्चिति ५३।२ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

    विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश पनि उल्लेख्य छ, जुन २०.५ प्रतिशत रहेको छ। हालको सञ्चिति नेपालको आयात क्षमता हेर्दा निकै सन्तोषजनक देखिन्छ। यो सञ्चिति वर्तमान अवस्थामा १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।

    २०८२ जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको अनुपात कुल गार्हस्थ्य उत्पादनको ४२.१ प्रतिशत, कुल आयातको १२२.९ प्रतिशत र विस्तृत मुद्राप्रदायको ३४.१ प्रतिशतमा रहेको तथ्यांकले देखाउँछ। यसले नेपालको बाह्य क्षेत्रको स्थायित्व बलियो बन्दै गएको संकेत दिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij