Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार

  • काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार देखिएको छ । चालु आर्थिक वर्ष जेठसम्म आर्थिक गतिविधिमा देखिएको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको हो ।चालु आव ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ बढेको छ । 

    नेपाल राष्ट्र बैंकका अनुसार गत आव जेठसम्म यस्तो कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो । चालु आव सोही अवधिको कर्जा वृद्धि वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा ८.७ प्रतिशत बढेको हो ।

    २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij