Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

स्वास्थ्य बीमा कार्यक्रममार्फत कडा रोग पीडितहरूलाई २लाख सम्मको उपचार दिइने

स्वास्थ्य बीमा कार्यक्रममार्फत कडा रोग पीडितहरूलाई २लाख सम्मको उपचार दिइने

  • काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममार्फत् साउन १ गतेदेखि २ लाखसम्मको उपचार निःशुल्क दिइने भएको छ ।स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा क्यान्सरसहित ८ प्रकारका बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत आगामी आवदेखि २ लाखसम्मको उपचार निशुल्क पाउने भएका हुन् ।  मन्त्री पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘स्वास्थ्य बीमा कार्यक्रमको अर्को नयाँ पहलका रुपमा कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं ।’

    उनका अनुसार, अब क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।’उनले आम नागरिकको स्वास्थ्यमा पहुँच अभिवृद्धिका लागि सरकार प्रतिबद्ध भएको जनाएका छन् ।‘स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ । तपाईंको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया सदैव स्वागत गर्दछौं,’ उनले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij