Logo

Oct 20 2025 | २०८२, कात्तिक ३गते

Oct 20 2025 | २०८२, कात्तिक ३गते

images

गुरुपूर्णिमाको अवसरमा बीपी  नेत्र प्रतिष्ठानमा जीवन विज्ञान योग प्रशिक्षण कार्यक्रम सम्पन्न

गुरुपूर्णिमाको अवसरमा बीपी  नेत्र प्रतिष्ठानमा जीवन विज्ञान योग प्रशिक्षण कार्यक्रम सम्पन्न

  • काठमाडौँ ।  गुरुपूर्णिमाको पूर्वसन्ध्यामा  जीवन योग प्रयोगशाला बीपी  नेत्र प्रतिष्ठानमा जीवन योग कार्यक्रमको आयोजना गरियो ।प्रतिष्ठानले जनाए अनुसार  २०८२ साल असार २५ गते बुधवारका दिन गुरुपूर्णिमा र व्यास जयन्तीको  पूर्वसन्ध्यामा भक्तपुर जिल्ला, ठिमी नगरपालिका वडा नं -१ स्थित लोकन्थली मनोहराफाँट स्थित बीपी  नेत्र प्रतिष्ठान (चियर्स) आँखा, नाक, कान घाँटी तथा साधारण अन्य रोगहरूको समेत उपचार गरिने अस्पतालमा उक्त अस्पतालका कर्मचारीहरू समेतको सहभागितामा जीवन योग प्रयोगशाला बीपी  नेत्र प्रतिष्ठानका व्यवस्थापनमा चिकित्सक, नर्स लगायतका हस्पिटलका कर्मचारी समेतको व्यापक सहभागितामा अपराह्न ०३.०० बजेदिखि ०४ सम्म जीवन विज्ञान योग कार्यक्रमको प्रशिक्षण सम्पन्न भयो ।

    j1.jpeg

    उक्त कार्यक्रमको अध्यक्षता सोही अस्पतालव्यवस्थापन  समितिका अध्यक्ष शताब्दी पुरुष  गौरीशङ्‌कर लालदासले  गरेका थिए ।  अस्पतालका निर्देशक  बद्री  प्रसाद बडूको हार्दिकता र योग प्रति भएको सकारात्मकताका कारण यो कार्यक्रम संचालन भएको थियो। डा. रमेश आचार्य आँखा, नाक-कान, घाँटी विशेष अतिथि रहेका थिए  भने डा. दीपक रेग्मी, डा आरती रेग्मी उक्त अस्पतलका नर्सहरू तथा सम्पूर्ण कर्मचारी साथीहरू सहभागी भएको जनाइएको छ । साथै  उक्तकार्यक्रममा जीवन विज्ञान योग केन्द्रीय परिषद्‌का सहसंयोजक सुनील बस्नेत, प्रशिक्षक अन्तर सम्वन्ध वृत्तका संयोजक  सुरेन्द्रमान बिजुक्षे, सन्तोष खड्‌का बागमती प्रदेश संयोजक र गणेशमान श्रेष्ठ, भक्तपुर जिल्ला परिषद् संयोजक  रहेकी   उक्त कार्यक्रममा जीवन विज्ञान योग प्रयोगशालाकी संयोजक भवानी आचार्य हुँमागाई लगायतका प्रशिक्षकहरू, उक्त योग प्रयोगशालाका व्यवस्थापन समितिका पदाधिकारी समेत रहेको यो  कार्यक्रमलाई सभाध्यक्ष शताब्दी पुरुषले नै स्वागत गरेका थिए । डा.दास आफै गीताको अध्येता र योगी व्यक्तित्त्व  हुन् । 

    j2.jpeg

    योग प्रशिक्षक डा. आरती रेग्मीले योगको बारेमा जानकारीका साथ विधिवत योगाभ्यास  गराएकी थिइन् ।  गुरुका सम्वन्धी भजन तथा कर्णप्रिय मनछुने वाणीले योगका बारेमा सबैलाई सकारात्मक र उत्सुक बनाएको थियो। प्रा.डा. दीपक रेग्मीले मानवमा हुने सुक्ष्म शरीरका चक्रहरूको व्याख्या समेत अत्यन्त सरल ढङ्गले प्रस्तुत गरेका थिए । भाषाको भाष सरलता र प्रभावकारी दृष्टान्तले योग प्रति सहभागिलाई आकर्षण बढाएको थियो। शरीर, मन र आत्मालाई जोडेर जीवन जगतको बोध गराए पछि मान्छेका तनावहरू योगका माध्यमबाट हटाउन सकिने यो आध्यात्मिक योग साधनाले जीवनमा अवश्य परिवर्तन ल्याउने छ भन्ने जानकारी यो कार्यक्रमबाट प्राप्त हुन जाने कुरा महसूस भयो। यो कार्यक्रमको समापन निर्देशक बद्री प्रसाद बडुले सबैमा धन्यबाद र कार्यक्रमको उपदेयिता सहित मन्तव्याट गर्दै सभा विसर्जन गरेका थिए ।   कार्यक्रमको सञ्चालन पुण्य घिमिरेले गरेका थिए  कार्यक्रम करिब दुई घण्टा संचालन भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij