Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

नेपालमा फेरि बढ्दै कोरोनाको संक्रमण: एक सातामा ५२ नयाँ केस, बाग्मती प्रदेश सबैभन्दा प्रभावित

नेपालमा फेरि बढ्दै कोरोनाको संक्रमण: एक सातामा ५२ नयाँ केस, बाग्मती प्रदेश सबैभन्दा प्रभावित

  •  

    काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)का अनुसार, गएको एक साता भित्र नेपालभर ५२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

    पाँचवटा प्रदेशमा संक्रमण देखिएकोमा बाग्मती प्रदेशमा सबैभन्दा धेरै ३३ जना संक्रमित भेटिएका छन्। यसपछि लुम्बिनी र कोशी प्रदेशमा ८–८ जना, मधेस प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जनामा संक्रमण देखिएको छ।

    यो तथ्यांकले कोभिड–१९ संक्रमण फेरि सक्रिय हुन थालेको संकेत दिएको स्वास्थ्य विज्ञहरूले बताएका छन्। जनस्वास्थ्य सुरक्षा उपायहरूलाई फेरि कडाइका साथ पालना गर्न आवश्यक देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij