Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

आज राष्ट्रिय सभाको बैठक बस्दै, नागरिकता र जलस्रोत विधेयकमा छलफल हुने

आज राष्ट्रिय सभाको बैठक बस्दै, नागरिकता र जलस्रोत विधेयकमा छलफल हुने

  • काठमाडौँ ।सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

    आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराउनुभएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

    यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।

    त्यसैगरी, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij