Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर आवेदन आज अन्तिम दिन

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर आवेदन आज अन्तिम दिन

  • काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। इच्छुक शेयरधनीहरूले कार्यालय समय (बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म)भित्र आवेदन दिनु पर्नेछ।

    कम्पनीले जेठ २३ गतेदेखि १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्कासन गरिरहेको छ। यसअनुसार, कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरिएको हो।

    ग्लोबल आइएमई क्यापिटल लिमिटेड यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धक रहेको छ। आवेदनका लागि ग्लोबल आइएमई क्यापिटलको कार्यालय (नक्साल, काठमाडौं), ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरू तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, डिजिटल माध्यमबाट ‘मेरो सेयर’ पोर्टलमार्फत पनि सजिलै आवेदन दिन सकिन्छ।

    हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ भने हकप्रद सेयर निष्कासनपछि यो पुँजी दोब्बर वृद्धि भई ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij