Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

सेयर लगानीकर्ताका लागि राहत: व्यक्तिगत मार्जिन कर्जा सीमा २५ करोड रुपैयाँसम्म बढ्यो

सेयर लगानीकर्ताका लागि राहत: व्यक्तिगत मार्जिन कर्जा सीमा २५ करोड रुपैयाँसम्म बढ्यो

  •  

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले सेयर बजारमा लगानीकर्तालाई ठूलो राहत दिएको छ। गर्भनर डा। विश्व पौडेलले एकल व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन्।

    यसअघि राष्ट्र बैंकले व्यक्तिगत सेयर कर्जा अत्यधिक बढेको भन्दै त्यसमा १५ करोड रुपैयाँसम्मको सीमा तोकेको थियो। तर, हाल सार्वजनिक गरिएको खुकुलो मौद्रिक नीतिअनुसार लगानीकर्ताहरूले अब बढी कर्जा लिने सुविधा पाउनेछन्।

    संस्थागत मार्जिन कर्जामाथिको सीमा राष्ट्र बैंकले पहिल्यै हटाइसकेको छ। लगानीकर्ताहरूले कर्जाको सीमा नराख्नुपर्ने माग गर्दै आएका थिए, जुन मागलाई राष्ट्र बैंकले यसपटक आंशिक रूपमा सम्बोधन गरेको देखिन्छ। यसले सेयर बजारमा तरलता वृद्धि हुने र लगानी प्रवाह थप तीव्र हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij