Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

गभर्नर डा. पौडेलले अर्थतन्त्र प्रोत्साहित र निजी क्षेत्र उत्साहित बनाउन के के लिएर आए मौद्रिक नीतिमा ? हेर्नुहोस् पूर्णपाठ

गभर्नर डा. पौडेलले अर्थतन्त्र प्रोत्साहित र निजी क्षेत्र उत्साहित बनाउन के के लिएर आए मौद्रिक नीतिमा ? हेर्नुहोस् पूर्णपाठ

  • काठमाडौँ ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट सेयर लगानीकर्तारुमा उत्साह थपि दिएको छ ।  गभर्नर डा. विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले लगानीकर्तारुमा उत्साह थपि दिएको  हो ।मौद्रिक नीतिप्रति प्रतिक्रिया जनाउँदै लगानीकर्ताहरूले यस्तो बताएका हुन् ।

    राष्ट्र बैंकले सेयर धितोमा जाने एकल कर्जाको सिमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोडेलाल रौनियारले राष्ट्र बैंकको यो नीतिले बजार थप चलायमान बनाउने बताए । उनले गभर्नर डा पौडेलले लिएको यो नीतिले बैंकबाट लोनमा सुविधा सहज हुने बताए ।

    यसले सेयर लगानीकर्तालाई प्रोत्साहन मिल्ने र बजारलाई पनि सहयोग गर्ने उनको भनाइ छ ।लगानीकर्ताले १५ करोडको सिमा हटाउन माग गरेको भएपनि २५ करोड पुर्याउनु पनि सकारात्मक भएको तर्क गरे ।

    यता सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले मौद्रिक नीति सेयर लगानीकर्ता मैत्री रहेको बताए । उनले एकल कर्जाको सिमा बढाउनु लगानीकर्ताको हितमा रहेको उल्लेख गरे । उनले गभर्नर पौडेल बजार मैत्री रहेको र उनले लिने नीति पनि सोही अनुसार हुने बताए । 

    हेर्नुहोस पूर्णपाठ

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij