Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

माबिलुङ इनर्जी लिमिटेडको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि जारी आइपीओमा १०.८६ करोड बराबरको आवेदन, मागभन्दा ७.२१ गुणा बढी

माबिलुङ इनर्जी लिमिटेडको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि जारी आइपीओमा १०.८६ करोड बराबरको आवेदन, मागभन्दा ७.२१ गुणा बढी

  •  

    काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि खुला गरेको प्राथमिक सेयरमा अत्यधिक आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आज बिहान १०:६ बजेसम्म ६३ हजार २१३ जना आवेदकले १० लाख ८६ हजार ३०० कित्ता, अर्थात् रु १० करोड ८६ लाख ३० हजार बराबरको आवेदन दिएका छन्। यो संख्या कम्पनीले निष्कासन गरेको सेयरभन्दा ७.२१ गुणा बढी हो।

    माबिलुङ इनर्जीले असार २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर बिक्री खुला गरेको हो। यस योजनाअन्तर्गत न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। साउन ४ गतेभित्र आवेदन दिने समयसीमा तोकिएको छ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी(आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्छन्। यस आइपीओको बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।

    यस आइपीओमा देखिएको उत्साहजनक सहभागिता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमाझ शेयर बजारप्रतिको आकर्षण झनै बढिरहेको स्पष्ट संकेत हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij