Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई फर्मलाई जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई फर्मलाई जरिवाना

  • काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले   गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर  तथा रिलेबलिङ गरेको पाइएपछि दुई वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ। विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई तीन लाख बराबरको जरिवाना गरेको हो ।यसैगरी  एसबिएल प्रोफेसनल प्रालिलाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरिएको छ । विभागले जनाए अनुसार अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको छ ।

    विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । काठमाडौँ र ललितपुरका पाँच वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। 
    विभागले उपभोक्ता संरक्षण ऐन, २)७५ र उपभोक्ता संरक्षण नियमावली, २)७६ बमोजिमआवश्यक निर्देशन एवम् कारबाही गरिएको जनाएको छ। विभागले असार ३१ गते नौ, ३) गते पनि समान नौ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । केहीलाई सामान्य निर्देशन दिइएको छ भने केहीलाई कागजातसहित आउन भनेको छ। असार २( गते नौ, असार २७ गते पाँच, असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij