Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

'नेपाल चीन सांस्कृतिक सम्मेलन २०२५' आयोजना हुँदै

'नेपाल चीन सांस्कृतिक सम्मेलन २०२५' आयोजना हुँदै

  • काठमाडौँ । फोनिक्स इन्सपिरेसन( phoenix inspiration)  संस्थाले 'नेपाल चीन सांस्कृतिक सम्मेलन २०२५' आयोजना गर्ने भएको छ । नेपाल पुलिस क्लबको द ब्ल्यू पेविलियन पदर्शनी मार्गमा साउन २ गते बिहान १० बजे सम्मेलन आयोजना गर्न लागेको हो ।यस कार्यकमको प्रमुख उद्देश्य दुई मित्र देशको भाषा र संस्कृति आदानप्रदान गर्नु हो। यस्तो कार्यकम हामीले तेस्रो पटक आयोजना गर्न लागेका हौं। यो वर्ष दुईदेशको ७० औं दातृ सम्बन्धको अवसरमा आयोजना गर्न लागिएको छ ।

    c1.jpeg

    यस कार्यक्रममा नेपाल र चीनका विद्यार्थीहरुले दुई देशको सांस्कृति झल्काउने गीत तथा नृत्यहरु पस्किनु हुनेछ । हामी दुई देशको सम्बन्ध अझै प्रगाढ बनोस् भन्ने चाहना राख्दछौं । त्यसकारण हाम्रो सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा नेपालबाट शिक्षक र विद्यार्थीहरु गरेर ७० जना र चीन तर्फको पनि सोहि संख्यामा शिक्षक र विद्यार्थी आदान प्रदान भएको छ । नेपाल तर्फबाट ७० जनाको टोलीले जुलाईको पहिलो हप्तामा चीन भ्रमण गरेको थियो। भने चिनियाँ पक्षबाट जुलाईको मध्यतिर नेपाल भ्रमण गरेको छ ।

    साउन २ गते हुने सम्मेलनमा  प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने जनाइएको छ ।  सो कार्यक्रममा  चीनको तर्फबाट महामहिम राजदूत छन सोङ , राष्ट्रिय सभा सांसद अञ्जान शाक्य , चीनको इंत्ह्वा एकेडेमी अफ थेन्चिनका प्रमुख लिन स्याड्याङ समेत सहभागी हुने जनाइएको छ ।

    phoenix inspiration संस्थाले नेपाल चीन साँस्कृतिक आदान प्रदान होस् भन्ने चाहनामा विभिन्न क्रियाकलापहरु गर्दै आएको छ। विभिन्न विद्यालयमा चिनियाँ भाषाको कक्षा संचालन गरिरहेको छ । यसो गर्दा चिनियाँ भाषामा दख्खल हुने नेपालीहरुले स्वतः रोजगारी पाइरहेका छन् । साथै चिनियाँ कथा, लघुकथा, व वालसाहित्य, उपन्यास लगायतलाई नेपालीकरण गरि साहित्य क्षेत्रको समेत ज्ञान आदान प्रदान गर्ने जमर्को गर्दै आएको छ । यसले चिनियाँ भाषामा पोख्त भएका नेपालीहरुले कामको अवसर पाएका छन् । यस संस्थाले चिनियाँ टेलिफिल्मको समेत नेपालीकरण गर्दै आएको छ। यसमा भने चिनियाँ भाषा जान्नेले अनुवादको रोजगारी पाएका छन् भने चिनियाँ भाषामा दख्खल नहुने कलाकारले समेत आफ्‌नो भूमिका पाएका छन् ।

    phoenix inspiration संस्थाको प्रमुखबिनोद ब्लोनका अनुसार  विद्यार्थीहरुको आदानप्रदान, शिक्षकहरुको तालिम, प्रधानाध्याकहरुको औपचारिक भ्रमणहरु र अनलाईन माफर्त दुई देशको चाडपर्व तथा रहनसहनको आदानप्रदान भइ आएको छ । हरेक महिना चिनियाँ भाषा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा समेत सहभागी गराउँदै आएको ब्लोनले विज्ञप्तिमा जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij