Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

प्रभु इन्स्योरेन्सको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन

प्रभु इन्स्योरेन्सको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन

  •  

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य साउन १ गते समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको प्रस्तावित १८ प्रतिशत बोनस शेयर वितरण प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले साउन १ गते बिहीवार कायम अन्तिम शेयरमूल्य ९५३ रुपैयाँ २० पैसा लाई आधार मानेर ८०७ रुपैयाँ ८० पैसा बोनसपछिको समायोजित मूल्य निर्धारण गरेको हो।

    कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट कुल १८.९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। यसअन्तर्गत १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो। असार ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गर्दै साउन २३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्नेछ, जसअनुसार साउन १ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन्।

    हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ रहेको छ। सोही पूँजीका आधारमा कम्पनीले करीब २५ करोड ९४ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो। यो लाभांश कम्पनीले पछिल्लो पाँच वर्षयताकै सबैभन्दा बढी वितरण गर्न लागेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij