Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सान्भि इनर्जी लिमिटेड नेप्सेमा सूचीकृत, साउन ४ गतेदेखि शेयर कारोबार खुला

सान्भि इनर्जी लिमिटेड नेप्सेमा सूचीकृत, साउन ४ गतेदेखि शेयर कारोबार खुला

  •  

    काठमाडौं । साउन १ गते बिहीवार सान्भि इनर्जी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले संस्थापकतर्फ ५० लाख १० हजार कित्ता र सर्वसाधारणतर्फ ३७ लाख ९० हजार कित्ता, गरी जम्मा ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो। कम्पनीको स्वामित्व संरचनामा संस्थापकको ५६.९३ प्रतिशत र सर्वसाधारणको ४३.०७ प्रतिशत हिस्सा रहेको छ। कम्पनीको शेयर आगामी साउन ४ गते आइतवार देखि खुला हुने छ।

    नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम १२० रुपैयाँ ७४ पैसा देखि अधिकतम ३६२ रुपैयाँ २२ पैसा सम्मको मूल्य रेञ्ज तोकेको छ। कारोबार स्पेशल प्रि-ओपनिङ सेसन बाट सुरु भई त्यसपछि नियमित कारोबारमा जान सक्नेछ।

    कम्पनीका संस्थापक, स्थानीयबासी, कर्मचारी, तथा सामूहिक लगानीकोषको स्वामित्वमा रहेका शेयरहरू लक-इन पीरियडमा रहनेछन्। सामूहिक लगानीकोषका शेयर आईपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म र अन्य समूहका शेयर ३ वर्षसम्म बिक्री गर्न नपाइनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij