Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

कामना सेवा विकास बैंकको चौथो त्रैमासको नाफा ६३ करोड नाघ्यो, वितरणयोग्य नाफामा ४८%वृद्धि

कामना सेवा विकास बैंकको चौथो त्रैमासको नाफा ६३ करोड नाघ्यो, वितरणयोग्य नाफामा ४८%वृद्धि

  •  

    काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सबैभन्दा पहिला सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय वृद्धि गरेको छ। साउन २ गते सार्वजनिक गरिएको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ६३ करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशतले वृद्धि हो।

    अघिल्लो वर्ष सो अवधिसम्म बैंकले ५८ करोड १८ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको थियो। गत वर्षको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा करिब ४८ प्रतिशतले बढेर ६० करोड ७४ लाख रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्ष ४१ करोड १२ लाख रुपैयाँभन्दा बढी थियो।

    हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी संचित भएको छ।

    बैंकको इम्पेरमेन्ट चार्ज पनि वृद्धि भई ४१ करोड ७४ लाख रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो ३५ करोड ८२ लाख रुपैयाँ थियो। यद्यपि गैर सञ्चालन खर्च घटेर ५ करोड १३ लाख रुपैयाँमा झरेका कारण बैंकको नाफा बढेको हो, जुन अघिल्लो वर्ष ६ करोड ९९ लाख रुपैयाँभन्दा बढी थियो।

    निकासी र कर्जा प्रवाहमा पनि बैंकले सुधार देखाएको छ। चौथो त्रैमाससम्म बैंकले ६२ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६।३८ प्रतिशतले बढी हो। त्यस्तै, कर्जा प्रवाह करिब ९ प्रतिशतले बढेर ४९ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    हाल बैंकको प्रतिशेयर आम्दानी  १८ रुपैयाँ १० पैसा छ भने प्रतिशेयर नेटवर्थ  १६८ रुपैयाँ १३ पैसा कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij