Logo

Jul 18 2025 | २०८२, साउन २गते

Jul 18 2025 | २०८२, साउन २गते

images

चक्रपथ विस्तारको दोस्रो चरणमा फ्लाइओभर वा अण्डरपास निर्माण गर्न संसदिय निर्देशन

चक्रपथ विस्तारको दोस्रो चरणमा फ्लाइओभर वा अण्डरपास निर्माण गर्न संसदिय निर्देशन

  •  

    काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

     

    समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

     

    समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिनुभयो ।

     

            बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की(महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पार्नुभयो । ७ दशमलव २ किलोमिटर दूरीको सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij