Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  •  

    काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

     

    इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधार बस्ने ५० वर्षीया तेजुमाया गुरुङलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “ज्योति श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज तेजुमाया गुरुङ भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट विसं २०७९ साउन १७ गतेको फैसला बमोजिम रु तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तिवापत शुल्क रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने ठहर भई फरार रहेकोमा निजलाई आज पक्राउ गरिएको हो ।”

     

    पक्राउ परेकी निज गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडाँै जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij