Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

टेलिग्राम एपमार्फत ठगी र मनी लाउन्डरिङ बढेपछि तत्काल पहुँच रोक्न प्राधिकरणको आदेश

टेलिग्राम एपमार्फत ठगी र मनी लाउन्डरिङ बढेपछि तत्काल पहुँच रोक्न प्राधिकरणको आदेश

  • काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) जस्ता गम्भीर आपराधिक गतिविधि बढेको भन्दै इंटरनेट सेवाप्रदायकहरूलाई एप तत्काल बन्द गर्न निर्देशन दिएको छ।

    शुक्रबार जारी गरिएको सूचनामार्फत प्राधिकरणले भनेको छ, “टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने तथा बन्द गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।”

    प्राधिकरणले साइबर सुरक्षाका दृष्टिकोणले आवश्यक कदम चालिएको उल्लेख गर्दै संबन्धित सबै दूरसञ्चार सेवाप्रदायकहरूलाई निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij