Logo

Jul 20 2025 | २०८२, साउन ४गते

Jul 20 2025 | २०८२, साउन ४गते

images

सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

  • काठमाडौं । सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

    Pic-5.jpg

    सप्ताहव्यापी प्रदर्शनीको दौरानमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना प्रविधिमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) मा आधारित सीसी क्यामेरा, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, आपतकालिन अवस्थाका लागि प्रयोग गर्न सकिने ड्रोन, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता व्यावहारिक र नविनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए ।

    Pic -2.jpg

    विद्यार्थीहरूले निर्माण गरेको ‘एआई सीसी क्यामेरा ‘सिस्टम’प्रति अभिभावकहरू एवं अवलोकनकर्ताहरुको गहिरो चासो देखिएको कलेका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । उक्त प्रविधिले अनुहार पहिचान, गतिविधि विश्लेषण, र सन्देहास्पद गतिविधि भएको खण्डमा स्वचालित रूपमा सूचना दिन सक्ने क्षमता राख्दछ ।  

    अध्यक्ष श्रेष्ठका अनुसार सुरक्षाका दृष्टिले उक्त सिस्टमले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा उच्च सम्भावना बोकेको छ । उनले भने , “हामीकहाँ विद्यार्थीले शैक्षिक ज्ञानलाई व्यवहारिक प्रयोगमा कसरी रुपान्तरण गर्न सक्छन् भन्ने कुराको जीवन्त उदाहरण यो प्रदर्शनीले देखाएको छ ।”

    अवलोकनकर्ताहरुले विद्यार्थीहरुमा रहेको नवप्रवर्तनशील सोच र प्राविधिक कौशल अव्बल रहेको बताएका थिए ।  कार्यक्रममा सहभागी अभिभावकहरूले कलेजले विद्यार्थीको सिर्जनात्मक पक्षलाई अघि ल्याउने प्रयासको प्रशंसा गर्दै यस्ता प्रदर्शनीले विद्यार्थीलाई आत्मविश्वासी र व्यवसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे ।

    सूचना प्रविधिको क्षेत्रमा परिचित सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले हरेक वर्ष यस्ता सिर्जनात्मक गतिविधिको माध्यमबाट विद्यार्थीलाई नयाँ खोज र प्रयोगमा प्रेरित गर्दै आएको छ । यो प्रदर्शनीले पनि नेपालको आईटी शिक्षामा निहित क्षमतालाई उजागर गर्दै देशभित्रै नवप्रवर्तन गर्न सकिने सम्भावनालाई बलियो बनाएको अध्यक्ष श्रेष्ठले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij