Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

राप्ती हाइड्रोको अवितरित हकप्रद शेयर साउन १३ गतेदेखि लिलामीमा

राप्ती हाइड्रोको अवितरित हकप्रद शेयर साउन १३ गतेदेखि लिलामीमा

  •  

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि अवितरित हकप्रद शेयरको लिलामी विक्री प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले अघिल्लो पटक शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेका कुल ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो।

    लिलामीमा संस्थापकतर्फका ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारणतर्फका १ लाख ४० हजार १०१ कित्ता शेयर समावेश छन्। सर्वसाधारणतर्फको शेयर साउन ८ गतेसम्म लकइनमा रहेको कम्पनीले जनाएको छ।

    प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको यी शेयर खरीदका लागि लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्दै बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र न्यूनतम १०० कित्ताबाट सुरु गरी अधिकतम सम्पूर्ण कित्ताका लागि गर्न सकिने व्यवस्था गरिएको छ।

    कम्पनीले हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्तापूँजी रहेको आधारमा सोही बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। तर वितरण नभएका शेयर अब लिलामीमार्फत बिक्री गरिंदैछ।

    राप्ती हाइड्रोले ५ मेगावाट क्षमताको रुकु गाड जलविद्युत् आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो। लिलामीबाट सबै शेयर बिक्री भएपछि कम्पनीको कुल चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij