Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो

पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो

  • इस्लामाबाद ।मनसुनी वर्षाले गर्दा जुन २६ देखि मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको तथा ५८० जना घाइते भएको पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ ।

    पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तिमा १३ जनाको मृत्यु भएकोे सोमबार जियो टिभीले जनाएको छ।  
     

    निरन्तरको वर्षाका कारण बाढी र डुबान हुँदा धेरै मानवीय हताहत भएको हो । सबैभन्दा बढी मृत्यु बाढी र पहिरोका कारण घरहरू भत्किएर वा डुबानमा परेर भएको बताइएको छ भने केहीको चट्याङ र अन्य मौसमी विपत्का कारण भएको हो । 

    पाकिस्तानको विपद् व्यवस्थापन निगरानी निकायले पछिल्लो २४ घण्टामा पञ्जाबमा १२ र खैबर पख्तुनख्वामा एक जनाको मृत्यु भएको जनाएको छ । पीडितमध्ये चार बालबालिका र तीन महिला थिए । मनसुनी बर्षा सुरु भएदेखि १०१ जना बालबालिकाको मृत्यु भएको बताइएको छ । 

    एनडिएमएले जारी गरेको विज्ञप्तिमा वर्षा सुरु भएदेखि लगभग ८०० घरहरू ध्वस्त भएका छन्, भने लगभग २०० जनावरहरूको मृत्यु भएको छ ।  

    युएन न्यूजको हालैको रिपोर्टअनुसार खैबर पख्तुनख्वा र गिलगिट बाल्टिस्तान क्षेत्रमा पनि हिमनदीको तालबाट बाढी आउने डर छ ।

    सन् २०२२ मा मनसुनी बाढीले एक हजार ७०० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै लाखौँ व्यक्ति विस्थापित भएको र लगभग ४० अर्ब अमेरिकी डलरको आर्थिक क्षति  भएको अनुमान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij