Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

बरुण हाइड्रोपावरको १:१ हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिने

बरुण हाइड्रोपावरको १:१ हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद यही साउन १९ गतेसम्म रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यसअनुसार, हाल रहेको प्रत्येक १ कित्ता शेयरका सट्टा नयाँ १ कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीले कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसमार्फत कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको पूँजी जुटाउने योजना बनाएको छ।

    हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। तसर्थ, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

    शेयर निष्कासन तथा बिक्री व्यवस्थापन आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले गरेको छ। लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङसँगै राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाहरू—विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान—बाट पनि आवेदन दिन सक्नेछन्।

    त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमार्फत सि आस्वा प्रणाली प्रयोग गरी, वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ुमेरो शेयरु सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ।

    हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ, जुन हकप्रद शेयर बाँडफाँटपछि बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij