Logo

Oct 20 2025 | २०८२, कात्तिक ३गते

Oct 20 2025 | २०८२, कात्तिक ३गते

images

एनआईसी एशिया बैंकका ग्राहकलाई  भक्तपुर इन्टरनेसनल हस्पिटलमा डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई  भक्तपुर इन्टरनेसनल हस्पिटलमा डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

  • काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकलाई  भक्तपुर इन्टरनेसनल हस्पिटलमा डिजिटल भुक्तानीमा २० प्रतिशत छुट प्राप्त हुने भएको छ । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालि बीच भएको सम्झौता अनुसार ग्राहकहरूले सो सुविधा पाउने भएका हुन् । बैंकका ग्राहकहरूको  स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको जनाउँदै एनआईसी एशिया बैंकले  यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाएको हो ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास रहेको  सहायक प्रमुख कार्यकारी अधिकृत प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij