Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

  • रुकुमपश्चिम।जाजरकोटबाट रुकुमपश्चिमतर्फ गइरहेको एक टिपर गए राति भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परेको टिपर भेरी करिडोर निर्माणमा खटिएको यती विल्डर्स कम्पनीको भएको पुष्टि भएको छ।

    इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक (प्रनानी) शिउकुमार चौधरीका अनुसार, रा१क १५०१ नम्बरको टिपर जाजरकोटको नलगाड नगरपालिका–८ दल्लीबाट आठबीसकोट नगरपालिका–१४ पिपलचौरतर्फ आउँदै गर्दा भेरी नदीमा खसेको हो।

    प्रनानी चौधरीले टिपरमा चालकसहित तीन जना सवार रहेको र उनीहरूको अवस्था अज्ञात रहेको जानकारी दिए। “भेरी नदीमा पानीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ,” उनले भने, “रुकुमपश्चिम र जाजरकोट दुवैतर्फका प्रहरी टोली परिचालन गरेर खोजी कार्य तीव्र पारिएको छ।”

    हालसम्म बेपत्ता भएकाहरूको नाम, उमेर र ठेगाना खुल्न सकेको छैन। यती विल्डर्सले भेरी करिडोरको सडक निर्माण कार्य गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij