Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

फ्रान्सद्वारा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता, अमेरिकाको कडा अस्वीकार

फ्रान्सद्वारा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता, अमेरिकाको कडा अस्वीकार

  • काठमाडौं।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेका छन्। म्याक्रोंले यो निर्णय सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभाको सत्रमा औपचारिक रूपमा घोषणा गरिने बताएका छन्।

    यता, अमेरिकाले यस निर्णयको कडा अस्वीकार गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समा लेख्दै, "यो गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई बढावा दिन्छ र अशान्ति निम्त्याउँछ। यो अक्टोबर ७ का पीडितप्रति अपमान हो," भनेका छन्।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि फ्रान्सको निर्णयको आलोचना गर्दै, "यो आतंकवादलाई पुरस्कृत गर्नुजस्तै हो," बताएका छन्।

    प्यालेस्टिनी अधिकारीहरू भने फ्रान्सको कदमको स्वागत गर्दै यसलाई न्याय र शान्तिप्रति सकारात्मक संकेतका रूपमा लिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij